Kathmandu Press

फिलिपिन्समा डुंगा दुर्घटना, ३० जनाको मृत्यु

बयालीस जना यात्री क्षमताको उक्त  डुंगामा ७० जना सवार थिए। 
फिलिपिन्समा डुंगा दुर्घटना, ३० जनाको मृत्यु

मनिला, साउन १२ : क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुंगा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ। बयालीस जना यात्री क्षमताको उक्त  डुङ्गामा ७० जना सवार थिए। 

तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन्। डुङ्गामा अन्य यात्री पनि रहेका आशंका गरिएको छ।

बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो। सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा बर्सेनि सयौंले ज्यान गुमाउने गरेका छन्।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्