Kathmandu Press

साढे ४ महिनापछि प्रधानमन्त्री झापामा, सडक र पुलको उद्घाटन

झापा फागुन ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्....

साढे ४ महिनापछि प्रधानमन्त्री झापामा, सडक र पुलको उद्घाटन

झापा फागुन ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन्।

आइतबार बिहान झापा पुगेका भएका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन्। ६ दशमलव २१ किमी लम्बाइको सडकको लागत चार करोड १६ लाख २२ हजार एक सय ५६ रुपैयाँ रहेको छ। सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो।

Hardik ivf

त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ। ३० करोड २२ लाख ९१ हजार सात सय ५० रुपैयाँ लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो। 

प्रधानमन्त्री ओलीले आज नै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नेछन्  भने अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १४:२० बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्