Kathmandu Press

नेप्से परिसूचक ८ दशमलव ११ अंकले घट्यो

सोमबार र मङ्गलबार दोहोरो अंकको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अंकले घटेर दुई हजार एक सय ५६ दशमलव २० अंकमा कायम भएको हो।
नेप्से परिसूचक ८ दशमलव ११ अंकले घट्यो

काठमाडाैं, साउन १० : चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ। 

सोमबार र मङ्गलबार दोहोरो अंकको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अंकले घटेर दुई हजार एक सय ५६ दशमलव २० अंकमा कायम भएको हो।

Hardik ivf

आज दुई सय ६० कम्पनीको ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर ४२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा रू दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ बराबरको कारोबार भएको छ।
      
वित्त समूह एक दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह ११ दशमलव ३१ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह ८६ दशमलव ७२ र होटल तथा पर्यटन समूह ८५ दशमलव ४२ अंकले घटेको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६०, विकास बैंक १६ दशमलव ६७, जलविद्युत् २२ दशमलव १० र लगानी शून्य दशमलव ४७ अंकले घटेको छ। 

त्यस्तै, जीवन बीमा २७ दशमलव ९९, उत्पादन तथा प्रशोधन ४९ दशमलव ३५, लघुवित्त ३० दशमलव ९९ र व्यापार समूह २४ दशमलव ५० अंकले घटेको छ। आजको कारोबारपछि सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ। 

सबैभन्दा धेरै गुमाउनेमा भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ४९ प्रतिशतले घटेको छ। 

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर शेयर रू १५ करोड १२ लाख ५३ हजार नौ सय बराबरको १५ लाख १२ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्