Kathmandu Press

एक वर्षपछि सिङ्गापुरमा चौधौं मृत्युदण्ड

कोरोना महामारीका बेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गत वर्षदेखि पुनः थालिएको छ। यो वर्ष कार्यान्वयन गरिएको यो चौधौं कठोर सजाय हो।
एक वर्षपछि सिङ्गापुरमा चौधौं मृत्युदण्ड

सिंगापुर, साउन १० : मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुुसेनलाई  मृत्युदण्ड दिएको छ। 

कोरोना महामारीका बेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गत वर्षदेखि पुनः थालिएको छ। यो वर्ष कार्यान्वयन गरिएको यो चौधौं कठोर सजाय हो। पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई  चंगी जेलमा आज मृत्युदण्ड दिइएको केन्द्रीय लागु औषध नियन्त्रण विभागले एक विज्ञप्ति निकालेर जनाएको छ। 

Hardik ivf

अधिकारवादी संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी) र एम्नेस्टी इन्टरनेसनलले निर्धारित मृत्युदण्ड रोक्न गरेको आग्रहको बेवास्ता गर्दै उनको प्राण हरण गरिएको हो। राष्ट्रपतिसमक्ष गरिएको क्षमा याचनाको अपिल पनि अस्वीकार भएको थियो।  

यसैगरी, तीस ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सरिदेवी जामानीलाई शुक्रबार फाँसी दिइनेछ। सन् २०१८ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। सिंगापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो। २० वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो। 

सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ। विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ। 

कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्