मन्त्री लामा आज स्वदेश फर्किंदै
कोरिया भ्रमणका क्रममा मन्त्री लामा नेतृत्वको टोलीले कोरियाको आन्याङ नगरपालिकाका मेयर छोइ दे हो, सोल महानगरपालिकाका मेयर ओसेहुन कोरियाका पुर्वमन्त्री तथा सांसद माननीय होङ मुन फ्यो लगायतसंग भेटवार्ता गरेको छ।
मकवानपुर, साउन ९ : दक्षिण कोरिया भ्रमणमा रहनुभएका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामा आज स्वदेश फर्किंदै छन्।
कोरिया भ्रमणका क्रममा मन्त्री लामा नेतृत्वको टोलीले कोरियाको आन्याङ नगरपालिकाका मेयर छोइ दे हो, सोल महानगरपालिकाका मेयर ओसेहुन कोरियाका पुर्वमन्त्री तथा सांसद माननीय होङ मुन फ्यो लगायतसंग भेटवार्ता गरेको छ।
भेटवार्ताका क्रममा दुई देश बीचको मैत्री सम्बन्ध तथा विकास निर्माणका विविध पक्षमा कुराकानी भएको मन्त्री लामाको सचिवालयले जनाएको छ। टोलीले विश्वको सबैभन्दा ठुलो मध्येको स्टिल उत्पादक कम्पनी पोस्कोको अवलोकन समेत गरेको छ।
कम्पनीले नेपालमा आफ्नो व्यवसायिक सम्भाव्यताबारे अध्ययन गर्ने प्रस्ताव राखेकाले त्यसका लागि सरकारसंगको आवश्यक समन्वय गर्ने मन्त्री लामाले बताए।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका मन्त्री लामालाई नेपाली कांग्रेसका दक्षिण कोरियास्थित जनसम्पर्क समिति, भातृ एवं शुभेच्छुक संघसंस्थाले भव्य स्वागत सहित सम्मान गरेका थिए।
मन्त्रालयको जिम्मेवारी सम्हाले पश्चातको पहिलो वैदेशिक भ्रमणले २१औं शताब्दीको सूचना प्रविधि र दक्षिण कोरियाले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट आफुपनि प्रभावित भएको मन्त्री लामाले बताए। ‘खानेपानी, सिंचाई र उर्जा क्षेत्र सहित यहाँको पूर्वाधार विकासको मोडेललाइ अनुशरण गर्न सके हाम्रो मुलुकको विकास निर्माणले पनी उचित गति लिने थियो,’ उनले भने।









-(86)-1764936079.jpg)


-1764760320.jpg)