Kathmandu Press

‘नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ’

‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ। अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुनेछ।’
‘नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउँछ’

रुपन्देही, साउन ८ : अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले मौद्रिक नीतिले बैंकहरूको ब्याजदर खुकुलो बनाएकाले लगानीकर्ता उत्साहित हुने र निजी क्षेत्रमा पुँजी प्रवाह बढ्ने बताए।

Hardik ivf

‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ,’ उनले भने, ‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुनेछ।’

उनले लगानीका क्षेत्रसमेत खुकुलो बनाइएकाले फरक–फरक क्षेत्रमा लगानीकर्ता थपिने र लगानीको वातावरण सहज हुने उल्लेख गरे। उनले आवासीय घर कर्जाको सीमा वृद्धि, ५० लाखभन्दा साना सेयर कर्जा, २५ लाखभन्दा साना हायर पर्चेज कर्जा र सूचीकृत घरजग्गा व्यवसायीबाट भएका घरजग्गा कर्जामा जोखिम भार घटाएर बजारको माग सम्बोधन गरिएको जनाए।

अर्थमन्त्री महतले मौद्रिक नीतिमार्फत कर्जाको अधिक केन्द्रीकरण रोक्ने, ठूला कर्जा नियमनका लागि नीति बनाउनेलगायत व्यवस्था गरेको बताउँदै यसले कर्जाको गुणस्तरमा सुधार गरेको दाबी गरे।

अहिले देखिएको आर्थिक संकुचनलाई दीर्घकालीन रुपमै सुधार हुनेगरी व्यवस्था गरेको बताउँदै उनले अब लगानी बढ्ने, पुँजी विस्तार हुने र राजश्व संकलनसमेत बढ्ने बताए।

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्