Kathmandu Press

लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै आज पनि प्रदर्शन

लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौंको माइतिघरदेखि भद्रकालीसम्म विरोध र्याली सहितको प्रदर्शन गरेका हुन्।
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै आज पनि प्रदर्शन

काठमाडाैं, साउन ७ : लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौंको माइतिघरदेखि भद्रकालीसम्म विरोध र्याली सहितको प्रदर्शन गरेका हुन्।

उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सार्दे निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्।

आफुहरुको मागप्रति राज्य गम्भीर नभएका कारण राजधानी केन्द्रीत आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ। 

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्