विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने
विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले डलर सटही सुविधा घटाएर १५ सय डलर कायम गरेको थियो।
काठमाडौं, साउन ७ : नेपाल राष्ट्र बैंकले भारत बाहेका अन्य तेस्रो मुलुकको भ्रमणमा जाने नेपाली नगरिकलाई २५ सय डलरसम्म सटही सुविधा उपलब्ध गराउने भएको छ।
राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो।
विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले डलर सटही सुविधा घटाएर १५ सय डलर कायम गरेको थियो।
५ सय डलर बराबरको वर्षको दुईपटकसम्म सटही सुविधा पाउँदै आएकोमा अब २५ सम्म सटही सुविधा दिने घोषणा राष्ट्र बैंकले गरेको छ।
विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।
प्रकाशित मिति: १४:०९ बजे, आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












