Kathmandu Press

नीतिगत दर घट्यो, बैंक दर यथावत, निक्षेप संकलन दर १ प्रतिशत बिन्दुले घट्यो

ल नीतिगत दर ७ प्रतिशत छ।
नीतिगत दर घट्यो, बैंक दर यथावत, निक्षेप संकलन दर १ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं, साउन ७ : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१  को मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ०.५० प्रतिशतले घटाएर ६.५ प्रतिशत कायम गरेको छ। हाल नीतिगत दर ७ प्रतिशत छ।

वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिमा बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखेको छ भने ब्याजदर कोरिडरको तत्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दर १ प्रतिशतले घटाएर ४.५ प्रतिशत कायम गरेको छ। 

Hardik ivf

बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरलाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ। हालको बैंकदर ७.५ प्रतिशत छ। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाह गर्दा लिने दर नै बैंकदर हो।

ब्याजदर कोरिडोर प्रभावकारी बनाउन ब्याजदर करिडरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था मौद्रिक नीतिले गरेको छ। 

यसैगरी राष्ट्र बैंकले नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखेको छ। निक्षेप संकलन दर ५.५ बाट ४५ प्रतिशत कायम गरिएको छ।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्