Kathmandu Press

आज राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने

गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए।
आज राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने

काठमाडौं, साउन ७ : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने भएको छ। मौद्रिक नीति पारित गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ।

यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ। गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए।

तर अर्थतन्त्रमा आएको शिथिलता हटाई आर्थिक गतिविधि चलायामान बनाउनु, निष्क्रिय कर्जा र गैरव्यवसायिक गतिविधि बढिरहेको सन्दर्भमा वित्तीय स्थायित्व कायम राख्ने मुख्य चुनौती रहेको राष्ट्र बैंकको भनाइ छ।

यता निजी क्षेत्रले सेयर बजारमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण लिन नपाइने राष्ट्र बैंकको व्यवस्था खारेज गर्नुपर्ने, घरजग्गा, सेयर र सवारी साधनको कर्जामा लाग्दै आएको जोखिम भार १ सय ५० प्रतिशतलाई घटाएर १ सय प्रतिशतमात्रै कायम गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

नेपालमा हुँदै आएको वित्तीय पहुँचको दुरुपयोगमा कडाइ गरेर उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा नीति केन्द्रित हुनुपर्ने विज्ञको सुझाव छ ।

प्रकाशित मिति: ११:०७ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्