सयको समानमा भन्सार शुल्क नीति सच्याउन आग्रह
सरकारले गत जेष्ठ १ गते देखि लागु गरेको रु. १०० बढी सामान आयातमा भन्सार शुल्क लगाउने निति सच्याउन अर्थ मन्त्री समक्ष ज्ञापन पत्र पेश गरिएको छ।काठमाडाैं, साउन ५ : नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल सहितको टोली आज अर्थमन्त्री प्रकाशशरण महतसमक्ष ज्ञापन पत्र पेस गरेका छन्।
सरकारले गत जेष्ठ १ गते देखि लागु गरेको रु. १०० बढी सामान आयातमा भन्सार शुल्क लगाउने निति सच्याउन अर्थ मन्त्री समक्ष ज्ञापन पत्र पेश गरिएको छ।
नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवा र उपप्रधानमन्त्री मा. पूर्णबहादुर खडकाको रोहवरमा केन्द्रीय पदाधिकारीको हस्ताक्षरगरी केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल सहितको एकटोलीले अर्थमन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन्।
सरकारले लागु गरेको भन्सार निति देशका अन्तराष्ट्रिय सीमा तथा एयरपोटमा लागू नगरिएको तर भारतीय सिमा जोडिएका मधेश क्षेत्रमा मात्र यो निति लागू भएको देखिएको हुदा सिमावर्ती जनतामा विभेदकारी व्यवहार विरुद्ध जनआक्रोस बढिरहेको विज्ञप्तिमा भनिएको छ।
सिमावर्ती क्षेत्र लगायतका आर्थिकरुपमा कमजोर वर्ग रोजगारीको श्रोतकारुपमा भारतसंग प्रत्यक्ष जोडिएका, भारतिय सेनाको गोर्खा पल्टनको प्रमुख हिस्सा तथा भारतीय गोर्खा रेजिमेन्टको अवकाश प्राप्त नेपालीजनको भारतसँगहुने आधारभूत सम्बन्ध तथा सिमावर्ती नेपालीको दैनिक आधारभुत प्रयोजनका नुनतेल मलखाधजन्य वस्तुहरुमा योनिति पूर्ण विभेदकारी भएको भन्दै अविलम्व निति परिवर्तन गरि सहज गर्न विज्ञप्तिमा माग गरिएको छ।
सरकार तथा अर्थमन्त्रालयको तर्फबाट मन्त्री डा. प्रकाश शरण महतले ज्ञापनपत्र वुझ्दै सरकार सदैव जनताको सहज जिवनयापन र जनहितको पक्षमा रहेकोले अव्यवहारिक भएमा निति पुनरावलोकन हुने प्रतिबद्धता जनाएका छन्।
नेपाल भारत सिमा क्षेत्रको मधेस भूमिबाट राजनितीमा सक्रिय कँडेलले १०० रुपैया बढी समानमा भन्सार लाग्ने निति अत्यन्त अमानवीय र अव्यवहारिक भन्दै निति लागू भए देखि नै असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ।
सीमाक्षेत्रका नेपालीजनहरूको भारतसँग रोटीबेटी सरहको सम्बन्ध तथा दैनिकी जिवनयापनमा असहज र कठिनाइ उत्पन्न भएको बताउदै नेता कँडेलले सरकारको भन्सार निति दास्तावेजमा समान भए पनि कार्यान्वयन तथा व्यवहारको हिसाबले उत्तर र दक्षिण नाकामा विभेदपूर्ण भएको भन्दै सिमावर्ती नेपालीजनलाई चरम सास्ती भएको बताउँदै आएका छन्।