विपी स्मृति दिवसमा बेथानाचोकमा साताव्यापी वृक्षारोपण कार्यक्रम
काभ्रे, साउन ६ : जननायक विपी कोइरालको ४१औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बेथानचोक गाउँपालिकाले साताव्यापी वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ।
नेपाली कांग्रेस बेथानचोक गाउँपालिका सभापति एवं गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिनका अनुसार बेथानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको निर्माणाधीन प्राथमिक अस्पताल परिसरमा विभिन्न फलफुल लगायतका बोट बिरुवाहरु लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।
वृक्षारोण कार्यक्रम विपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रको सर्कुलर अनुसारकै भएको सभापति तिमल्सिनाले जानकारी दिए।
कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मधुसुदन तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, नेपाली कांग्रेस बेथानचोक गाउँपालिका कार्यसमितिका प्रतिनिधिहरु, वडाका जनप्रतिनिधि विभिन्न विद्यालयका शिक्षकहरु, वडा सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी र पार्टी शुभेच्छुकहरुलगायत स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रम एक सातासम्म निरन्तर रहने बेथानचोक कांग्रेसले जनाएको छ।
यस्तै, विपी स्मृति दिवसको अवसरमा नमोबुद्धमा पनि वृक्षारोपण गरिएको छ। नमोबुद्ध नगर कार्यसमितिको आयोजनामा नमोबुद्ध वडा नं. ६, चरंगेफेदीस्थित खस्रापाखा वनमा वृक्षारोपण गरिएको हो। दाते ओखर, एभोकाडो, बेल, धुपीलगायत प्रजातिका विरुवा रोपिकएको थियो ।
वृक्षारोपणमा नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति एवं नगर प्रमुख कुनसाङ लामा लगायत पदाधिकारीहरु, वडा सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधि र पार्टी शुभेच्छुकहरुको उपस्थिति थियो।