Kathmandu Press

चीनमा ३ लाख १६ हजार भ्रष्टाचार मुद्दा छानबिन

भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ।
चीनमा ३ लाख १६ हजार भ्रष्टाचार मुद्दा छानबिन

बेइजिङ, साउन ६ :  चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो ६ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेको छ। 

भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ।
 
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन अनुसन्धान तथा राष्ट्रिय अनुगमन आयोगमा सोही अवधिमा १६ लाख ८० हजार उजुरी परेका थिए।

ती मध्ये आठ लाख २८ हजार उजुरी उपर आवश्यक कारबाही गरिएको छ। अनुसन्धानका क्रममा एक लाख ७० हजार वटा सामान्य गल्तीका मुद्दा पनि नियामक निकायका अधिकारीले निरुपण गरेका छन्।

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्