Kathmandu Press

प्रजातन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना

काठमाडौं, फागुन ७ : प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।

आज ६९ औँ राट्रिय प्रजातन्त्र दिवसको अवसरम....

प्रजातन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना

काठमाडौं, फागुन ७ : प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।

आज ६९ औँ राट्रिय प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशमा प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको आकांक्षा पूरा गर्न फागुन ७ ले ऊर्जा दिने विश्वास व्यक्त गरेकी छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् ।”

प्रकाशित मिति: १०:२८ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्