Kathmandu Press

चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन

रोल्पा, साउन ५ :  बिहीबार राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ।

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।

चट्याङमा परी अन्य ठाउँका  केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्