Kathmandu Press

बंगलादेशमा डेङ्गुबाट १५५ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित भएपछि  देशभर डेङ्गुका  १९ हजार पाँच सय ६९ सङ्क्रमित थपिएका छन्।
बंगलादेशमा डेङ्गुबाट १५५ जनाको मृत्यु

ढाका, साउन ५ :  बंगलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ। बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेङ्गु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ। 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित भएपछि  देशभर डेङ्गुका  १९ हजार पाँच सय ६९ सङ्क्रमित थपिएका छन्।

Hardik ivf

महानिर्देशनालयका अनुसार बिहीबार बिहान  एकै दिन राजधानी  ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन्। यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल सङ्ख्या २७ हजार पाँच सय ४७ पुगेको छ।

महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान  सञ्चालन गरिएको बताएको छ। 

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्