इजरायल–प्यालेष्टाइन द्वन्द्व, ३५ जना घाइते
उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु हुनका साथै कम्तीमा ३५ जना घाइते भएका प्यालेस्टिनी चिकित्सकहरूले बिहीबार बताएका छन्।
काठमाडाैं, साउन ४ : वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन्।
उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु हुनका साथै कम्तीमा ३५ जना घाइते भएका प्यालेस्टिनी चिकित्सकहरूले बिहीबार बताएका छन्।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिमा इजरायली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि १९ वर्षीय बद्दर अल–मसरीको अस्पतालमा मृत्यु भएको जनाइएको छ। घाइते ३५ जना प्यालेस्टिनीमध्ये दुई जनाको अवस्था गम्भीर छ।
गत जनवरी यता उक्त क्षेत्रमा इजरायली र प्यालेस्टिनीबीच भएका शृङ्खलाबद्ध झडपमा २४ जना इजरायली र एक सय ७५ जना प्यालेस्टिनीले ज्यान गुमाएका छन्। प्यालेष्टिनी पक्षबाट ज्यान गुमाउनेमा अधिकांश बालबालिका र महिला छन्।
प्रकाशित मिति: १६:०० बजे, बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार