राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता
सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गरेका थिए। त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए।
बेइजिङ, साउन ४ : चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्राम गृहमा भेटवार्ता भएको छ।
सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गरेका थिए। त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए।
एकसय वर्षीय किसिञ्जरको यो सयाैं चीन भ्रमण हो। राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो।
विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारवाखाना बनेको छ। नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कुटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो सयाैं जन्मदिवस मनाएका थिए। जन्मदिवस मनाएपछिको यो उनको सयाैं चीन भ्रमण हो।
प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार