Kathmandu Press

जम्मु घटनापछि भारतीय सिने क्षेत्रमा पाकिस्तानी कलाकारलाई निषेध

काठमाडौं, फागुन ७ : जम्मु कश्मिरको पुलवामा भएको बम विष्फोटपछि भारतको सिनेकर्मीहरूको संगठन अल इन्डिया सिने वर्कर्स एसोसिएशनुले पाकिस्तानी कलाकारलाई वलि....

जम्मु घटनापछि भारतीय सिने क्षेत्रमा पाकिस्तानी कलाकारलाई निषेध

काठमाडौं, फागुन ७ : जम्मु कश्मिरको पुलवामा भएको बम विष्फोटपछि भारतको सिनेकर्मीहरूको संगठन अल इन्डिया सिने वर्कर्स एसोसिएशनुले पाकिस्तानी कलाकारलाई वलिउडमा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

सोमबार एसोसिएशनले प्रतिबन्ध लगाउने निर्णय गरेपछि भारतमा बसेर भारतिय सिने उद्योगमा काम गर्दै आएका पाकिस्तानी कलाकार प्रभावित हुने भएका छन्।

काश्मिरको पुलवामा आतंकवादी विस्फोटमा परि भारतिय सिमा सुरक्षा बलका ४० भन्दा बढि सैनिक जवानले ज्यान गुमाएपछि एसोसिएशनले पाकीस्तानी कलाकारलाई प्रतिवन्ध लगाएको हो । 

पुलवामा भएको घटनामा पाकिस्तानको हात रहेको भारतीयहरूको आरोप छ। वर्तमान अवस्थालाई मध्येनजर गर्दै एसोसिएशनले कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने निर्णय गरेको हो। 

यसको असर देखिन थालेको छ । कपिल शर्माको नयाँ कमेडी शोबाट पाकिस्तानलाई समर्थन हुने किसिमको वक्तव्य दिएको भन्दै नवजोद्ध सिंह सिद्धुलाई हटाइएको छ। उनको सट्टामा अर्चना पुरण सिंहलाई ल्याइएको छ।

प्रकाशित मिति: ०९:१२ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्