Kathmandu Press

पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ। 
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

इस्लामावाद, साउन ३ : अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ जना मजदुरको मृत्यु हुनको साथै चारजना बेपत्ता भएका छन्। 

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र अन्य हराएका अन्य चार जनाको खोजी भइरहेको छ। 

 दुर्घटनाको जानकारी पाउने वित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो। मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन्। 

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्