Kathmandu Press

उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा पन्ध्र जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ। 
उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा पन्ध्र जनाको मृत्यु

नयाँ दिल्ली, साउन ३ : भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ।

भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ। 

Hardik ivf

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्।

प्रकाशित मिति: १८:१७ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्