गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धिमूलक : अर्थमन्त्री महत
भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्केका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिबाट जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगायतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन्।काठमाडाैं, साउन ३ : अर्थमन्त्री डा प्रकाशशरण महतले जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन्।
भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्केका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिबाट जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगायतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन्।
उनले जी २० मुलुकले पनि संसारभरी नै आर्थिक बृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगाएतका बिषयमा पनि गम्भीर छलफल भएको जानकारी दिए। उनले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसंग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्वपूर्ण विषयमा छलफल भएको बताए।
अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरुलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिए। नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका थिए।