काभ्रे जिल्लामा पहिलो पटक ट्राफिक भ्वाईलेन्स रेकर्ड प्रणाली लागू

काभ्रे, साउन ३ : ट्राफिक नियम उलंघन गर्ने सवारी साधनहरुको राजस्व बापत उठ्ने जरिवाना रकम बैक मार्फत जम्मा गर्न सकिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जरिवाना वापतको रकम बैंकमार्फत जम्मा गर्न भ्वाईलेन्स रेकर्ड सिस्टम लागू गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका प्रहरी निरीक्षक सुरेश थापाका अनुसार नयाँ आर्थिक वर्षको सुरुआतसँगै यो प्रणाली लागू गरिएको हो।

अब ट्राफिक भ्वाईलेन्स रेकर्ड सिस्टमबाट राजस्व बुझाउन सकिने छ । काभ्रेमा ट्राफिक जरिवाना सम्बन्धी टिभिआरएस प्रणाली लागू गरिएको हुदाँ राष्ट्रिय वाणिज्य बैंक धुलिखेल, बनेपा, भकुण्डेबेसी शाखामा गई वा मोबाईल वालेटहरूबाट जरिवाना बापतको राजश्व तिरिसकेको भौचर वा अनलाईन मार्फत तिरिएको प्रमाण पेश गरी कागजपत्र फिर्ता लिन सकिने थापाले बताए।
साथै मापासेमा परेका व्यक्तिहरूले आफ्ना कागजपत्र लिनलाई सचेतना कक्षामा अनिवार्य सहभागीता हुनुपर्ने उनले बताए। सो कक्षा प्रत्येक शुक्रबार बिहान ११ बजे सन्चालन हुँदै आएको छ।
श्रावण १ गतेबाट लागू भएको यो व्यवस्थापछि ट्राफिक प्रहरीको कार्यलयमा पुग्नुपर्ने बाध्यताबाट सवारी चालकहरूले मुक्ति पाएको उनले बताए।
गत असार १ गते देखी लागू भएको मापासे चेकिङमा हाल सम्म ४२ जनाले कक्षा लिएका छ्न् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक बर्षमा ५ करोड चालीस लाख ८२ हजार राजस्व संकलन गरेको प्रहरी निरीक्षक सुरेश थापाले जानकारी दिए।










-(86)-1764936079.jpg)


-1764760320.jpg)