बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन
नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन्।काठमाडाैं, साउन १ : नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारी रुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन्।
नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन्।
बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फट्र्यौटमा ध्यान दिन छलफल भएको छ।
यसैगरी निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १३:१३ बजे, सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१