Kathmandu Press

नेपाल मानवअधिकार संगठन नमोबुद्धमा श्यामगोपालको नेतृत्व

आइतबार भकुण्डेवेशीमा भएको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नेपाल मानवअधिकार संगठन नमोबुद्धमा श्यामगोपालको नेतृत्व
Hardik ivf

काभ्रे, असार ३१ : नेपाल मानवअधिकार संगठन नमोबुद्धको अध्यक्षमा श्यामगोपाल श्रेष्ठ सर्वसम्मत भएका छन्। आइतबार भकुण्डेवेशीमा भएको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत  चयन गरेको हो।

उपाध्यक्षमा शारदा अधिकारी, सचिवमा रमेश न्यौपाने, सहसचिवमा खड्गबहादुर श्रेष्ठ, कोषाध्यक्षमा ऋषिराम बैद्य सर्वसम्मत भएका छन्। सदस्यमा माधवप्रसाद खनाल, मुरारी पौडेल, इन्द्र गैरापिप्ले, राजन अधिकारी, रेशमबहादुर दाहाल, शिव श्रेष्ठ, केदार अधिकारी, दिपेन्द्र पौडेल, मुरारी अधिकारी, हुमालक्ष्मी मैनाली छन् । रामेश्वर अधिकारी, नविन अधिकारी र विलबहादुर श्रेष्ठ सर्वसम्मत रुपमा जिल्ला प्रतिनिधी चयन भएका छन्।

कार्यक्रममा नेपाल मानवअधिकार संगठन काभ्रेका जिल्ला प्रतिनिधी रामेश्वर अधिकारी, रमिला अधिकारी, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, नेपाल प्राध्यापक संघ काभ्रेका सदस्य राजन अधिकारी, नमोबुद्ध नगरपालिका वडा नं ३ का सदस्य रेशमबहादुर दाहाल, नेपाल शिक्षक संघ नमोबुद्धका अध्यक्ष दिनेशप्रसाद अधिकारी, समाजसेवी रामहरी आचार्य, माधवप्रसाद खनाललगायतले नमोबुद्धमा मानवअधिकारको संरक्षण र प्रवर्द्धनको लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने औंल्याए।

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, असार ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्