नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण
आर्थिक वर्ष २०७८र७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो।
काठमाडाैं, असार ३१ : नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न वचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ।
कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो। आर्थिक वर्ष २०७८र७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो।
यसभन्दा अघि पनि कोषले एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिएको थियो।
यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिका लागि रू एक अर्ब ८१ करोड खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए। अन्य छ कोषमा पनि यही कोषको आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए।
प्रकाशित मिति: १६:०३ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











