६ प्रतिशत हवाई भाडा वृद्धि हुने जनाउ
वायुसेवा सञ्चालक संघले आइतबार एक विज्ञप्ति जारी गर्दै ६ प्रतिशत हवाई भाडा वृद्धि हुने जनाउ दिएको हो। संघले साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि गर्नुपरेको बताएको छ।काठमाडौं, असार ३१ : भाेलि (सोमबार) देखि हवाई भाडामा ६ प्रतिशतले वृद्धि हुने भएको छ। सबै दुरीमा ६ प्रतिशतले हवाई भाडा बढ्नेछ।
वायुसेवा सञ्चालक संघले आइतबार एक विज्ञप्ति जारी गर्दै ६ प्रतिशत हवाई भाडा वृद्धि हुने जनाउ दिएको हो। संघले साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि गर्नुपरेको बताएको छ।
यस्तै संघले सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने पनि विज्ञप्तिमा जनाएको छ। वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाइने भनाई संघको छ।
प्रकाशित मिति: १५:५७ बजे, आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१