चितवनबाट पशुआहार चीन निर्यात आरम्भ
चितवनको भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘हाईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरे।चितवन, असार ३० : नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी पशुआहार (हाइलेज) चीन निर्यात सुरु भएको छ।
नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा पशुआहार (हाइलेज) निर्यात सुरु भएको हो। चितवनको भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘हाईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरे।
सो क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए। व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।
उक्त अवसरमा हाईलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीन तर्फ पठाईएको थियो। करीब ८० टन साईलेज चीनको सिगाचेमा पठाएको छ। करिब ३ वर्षको प्रयास पछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो। चिनिया व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाईलेज उत्पादन हुँदै आएको छ।