Kathmandu Press

मृतक बालककाे परिवार र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहमतिपछि आन्दोलन फिर्ता

शुक्रबार राति अस्पताल प्रशासन र आन्दोलनरत पक्षबस्च वार्तामा सहमति जुटेको थियो। बालकको मृत्यु भएको घटनाको छानबिन गर्न घोराही उपनगरपालिका– ३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति बनेको छ। 
मृतक बालककाे परिवार र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहमतिपछि आन्दोलन फिर्ता

दाङ, असार ३० : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बालकको मृत्यु भएपछि उत्पन्न तनाव मत्थर भएको छ।

११ वर्षीय बालकको मृत्यु भएको विषयमा मृतक बालकका परिवार र प्रतिष्ठानबीच सहमति भएपछि आफन्तले आन्दोलन फिर्ता लिएका हुन्। मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि ल्याइएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय बालक आक्रोश नेपालीको बिहीबार बिहान मृत्यु भएको थियो।

Hardik ivf

त्यसपछि उनको परिवारका सदस्य र आफन्तले आन्दोलन गर्दै प्रतिष्ठानको सेवा बन्द गराएका थिए। मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै बिहीबार र शुक्रबार दिनभर अस्पताल घेराउ गरेका थिए।

शुक्रबार राति अस्पताल प्रशासन र आन्दोलनरत पक्षबस्च वार्तामा सहमति जुटेको थियो। बालकको मृत्यु भएको घटनाको छानबिन गर्न घोराही उपनगरपालिका– ३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति बनेको छ। 

वार्तामा मृतकको परिवारका सदस्यलाई रोजगारी दिने, परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने सहमति पनि भएको छ। मृतकको परिवारलाई राहत दिन स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग अनुरोध गर्ने सहमति भएको छ।

बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले बेहोर्न पनि सहमति पनि भएको छ। वार्तामा सहमति भएसँगै मृतक बालकको शव आफन्तले जिम्मा लिन तयार भएका छन्।

शनिबारदेखि अस्पतालको आकस्मिकसहितका सबै सेवा सञ्चालनमा आएको छ। 
 

प्रकाशित मिति: १४:११ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्