Kathmandu Press

भ्रष्टाचार अभियोगमा सिंगापुरका यातायातमन्त्री पक्राउ

यातायातमन्त्री एस ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ।
भ्रष्टाचार अभियोगमा सिंगापुरका यातायातमन्त्री पक्राउ

काठमाडाैं, असमर ३० : सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन्। उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ। 

यातायातमन्त्री एस ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ।

सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मंगलबार नै पक्राउ गरिएको थियो। निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ। ब्युरोले अनुसन्धानको विवरण भने खुलाएको छैन।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिङ्गापुर विश्वव्यापी वित्तीय केन्द्र हो। यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ।

प्रकाशित मिति: १३:२६ बजे, शनिबार, असार ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्