नेपाललाई १७ अर्ब ६४ करोडको वैदेशिक सहायता प्रतिबद्धता
अर्थ मन्त्रालयले जारी गरेको तथ्यांकले यस्तो प्रतिबद्धता देखाएको हो।काठमाडौं, असार २९ : पछिल्लो एक वर्षको अवधिमा नेपालले दुई खर्ब १७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।
अर्थ मन्त्रालयले जारी गरेको तथ्यांकले यस्तो प्रतिबद्धता देखाएको हो। प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये एक खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँ ऋण र ४१ अर्ब ९० करोड ६० लाख रुपैयाँ अनुदान रहेको छ। २०७९ साउन १ गतेदेखि २०८० असार २६ गतेसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो।
युरोपेली युनियन, जापानिज अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), स्वीट्जरल्यान्ड, विश्व बैंक, कोरियाली अन्तर्राष्ट्रिय विकास नियोग (कोइका), एसियाली विकास बैंक (एडीबी), बेलायत, नर्वे र फिनल्यन्डले उक्त सहायता प्रतिवद्धता जनाएका हुन्। अर्थ मन्त्रालयको विवरणअनुसार सबैभन्दा बढी आर्थिक सहायता प्रतिवद्धता जनाउनेमा विश्व बैंक र एडीबी छन्।