बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको छ : परराष्ट्रमन्त्री साउद
उनले केरुङ–काठमाडाैं रेलमार्गको सम्भाव्य अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको बताए।काठमाडौं, असोज २९ : परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले नेपाल–चीनबीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताए।
उनले केरुङ–काठमाडाैं रेलमार्गको सम्भाव्य अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको बताए।
‘नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको छ। पारस्पारिक हित र लाभका आधारमा छिमेकीलगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेका छौं, उनले भने।
प्रकाशित मिति: १२:११ बजे, बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१