Kathmandu Press

एउटै परिवारका १६ जनाको हत्या

एजेन्सी, फागुन १ : नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ ।

अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहर....

एउटै परिवारका १६ जनाको हत्या

एजेन्सी, फागुन १ : नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ ।

अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

Hardik ivf

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ ।

घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ । प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए ।

घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन् । 

प्रकाशित मिति: ०६:५३ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्