Kathmandu Press

राष्ट्रपतिद्वारा चार राजदूतलाई सपथ

काठमाडौं, फागुन ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त चार राजदूतलाई पद तथा गोपनियताको सपथ गराएकी छिन् । आज राष्ट्रपतिको कार्यालय शीतलनिवासमा ....

राष्ट्रपतिद्वारा चार राजदूतलाई सपथ

काठमाडौं, फागुन ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त चार राजदूतलाई पद तथा गोपनियताको सपथ गराएकी छिन् । आज राष्ट्रपतिको कार्यालय शीतलनिवासमा संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल, मलेसियाका लागि उदयराज पाण्डे, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि दीपक अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । 
नेपालको संविधानले  सरकारको सिफारिशमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने र उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने व्यवस्था गरेको छ । 


 

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, फागुन ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्