Kathmandu Press

उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा छ। दुई पक्षीय कूटनीति अवरुद्ध भएको छ।  उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन्। 
उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

काठमाडाैं, असार २७ : उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो। 

दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा छ। दुई पक्षीय कूटनीति अवरुद्ध भएको छ।  उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन्। 

नेता किमको आह्वानको जवाफमा सोल र वाशिङ्गटनले सुरक्षा सहयोगलाई बढाएका छन्। यदि प्योङयाङले अमेरिका र उसका सहयोगीहरूविरुद्ध आणविक हतियार प्रयोग गरेमा उत्तर कोरियालाई आणविक हतियारले नै जवाफ दिएर वर्तमान सरकारको अन्त्य गराउने प्रण अमेरिकाले गरेको छ। 

दक्षिण कोरियाको सेनाले बिहान १० बजे प्योङयाङ क्षेत्रबाट परीक्षण गरिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ। 'ब्यालेस्टिक  क्षेप्यास्त्रलाई उचाइमा प्रक्षेपण गरिएको थियो र पूर्वी सागरमा खस्नु अघि एक हजार किलोमिटर उडेको थियो,' कोरियाका संयुक्त सेना प्रमुखले भनेका छन्। 

परीक्षणलाई गम्भीर उत्तेजना भन्दै संयुक्त सेना प्रमुखले त्यसबाट कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानी हुने भएकाले त्यसलाई अविलम्ब रोक्न प्योङयाङलाई आह्वान गरेको छ। संयुक्त राष्ट्र सङ्घले निषेध गरेका गतिविधि उत्तरले गरेकामा त्यसको उनले निन्दा गरेका छन्।

प्रकाशित मिति: १५:३० बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्