Kathmandu Press

बंगलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ।
बंगलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु

ढाका, असार २७ : बंगलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ। मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो। 

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ।

Hardik ivf

यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो।  हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका  महानिर्देशनालयले बताएको छ। यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन्। 

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले  पुगेको  लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्