पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनु कुमार र प्रबन्ध निर्देशक (एमडी) पानिन्द्र सुब्रमण्यको पूर्वकर्मचारीले तरबार प्रहार गरेर मारेका प्रहरीले बताएको छ।
बेङलुरु (कर्नाटक), असार २७ : बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन्।
एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनु कुमार र प्रबन्ध निर्देशक (एमडी) पानिन्द्र सुब्रमण्यको पूर्वकर्मचारीले तरबार प्रहार गरेर मारेका प्रहरीले बताएको छ।
प्रहरीका अनुसार फेलिक्स भनेर चिनिने अभियुक्त पूर्वकर्मचारीले एरोनिक मिडियाको कार्यालयमा पसेर आफ्ना पूर्वहाकिममाथि तरवारले प्रहार गरेको थियो।
आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। घटानपछि फरार आक्रमणकारीको खोजी भइरहेको छ।
प्रकाशित मिति: १४:५० बजे, बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार