स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु
दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।काठमाडाैं, असार २६ : विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ।
दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ। निजलाई नियन्त्रणमा लिइएको छ।
यसैबीच, आन्ध्र प्रदेशको डार्सीस्थित नहरमा यात्रीबाहक बस खस्दा एक जना सात वर्षिय बालकसहित सात जनाको निधन भएको छ। बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन्।
उनीहरूको घटनास्थल नजिक अवस्थित अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो। दुर्घटनाको अनुसन्धान थालिएको छ।