Kathmandu Press

एसईइमा उत्कृष्ट नतिजा ल्याउने राेशीका ३ विद्यार्थी सम्मानित

एसईइमा उत्कृष्ट नतिजा ल्याउने राेशीका ३ विद्यार्थी सम्मानित

काभ्रे, असार २५ : रोशी गाउँपालिका एसईइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। गाउँपालिकाले एसईइमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका ३ विद्यार्थीलाई सम्मान गरेको हो।

गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरुप उत्कृष्ट विद्यार्थीलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।

एक कार्यक्रमबीच पालिका अध्यक्ष दिनेश लामाले हरिसिद्धी माविका प्रशान्त तामाङ, पोक्रा माविका हिमानी तामाङ र संगीता रायलाई नगदसहित सम्मान गरे। एसईइमा प्रशान्तले ३.७० तथा हिमानी र संगीताले समान ३.५५ जिपीए ल्याएका थिए।

अध्यक्ष लामाले शैक्षिक गुणस्तरमा सुधार र वृद्धि होस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गरिएको बताए। उनले सम्मानित विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको  समेत कामना गरे।

 

प्रकाशित मिति: १९:११ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्