Kathmandu Press

भिस्ताराको दिल्ली-काठमाडौं उडान सुरू, दुईतर्फी भाडा १५ हजार

काठमाडौं, माघ २९ : भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सले नेपाल उडान सुरू गरेको छ।

नेपाललाई पाँचौ गन्तव्य बनाएर भिस्ताराले नयाँ दिल्ली&....

भिस्ताराको दिल्ली-काठमाडौं उडान सुरू, दुईतर्फी भाडा १५ हजार

काठमाडौं, माघ २९ : भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सले नेपाल उडान सुरू गरेको छ।

नेपाललाई पाँचौ गन्तव्य बनाएर भिस्ताराले नयाँ दिल्ली–काठमाडौंमा उडान सुरू गरेको हो। भिस्ताराका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्ननले मंगलबारको पहिलो उडानमा ९५ प्रतिशत अकुपेन्सी रहेको जनाए। उनका अनुसार भिस्ताराले काठमाडौंँ–नयाँदिल्ली बोइङ जहाजबाट दैनिक एक उडान गर्नेछ।

सुरुआती चरणमा नयाँदिल्ली–काठमाडौं रुटको दुईतर्फी भाडा १५ हजार आठ सय ९९ रुपैयाँ तोकिएको छ। त्यस्तै विजनेस क्लासको दुईतर्फी भाडा ६१ हजार नौ सय ९९ रुपैयाँ रहेको छ।

अहिले बोइङबाट उडान सुरू गरेको भिस्ताराले आगामी मार्च १ देखि एयरबस ३२० (न्यारोबडी) जहाजवाट उडान गर्ने तयारी गरेको कन्ननले बनाए।

भिस्तारा भारतको टाटा समूहको ५१ र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानीमा संयुक्त रुपमा स्थापना भएको कम्पनी हो। जनवरी २०१५ देखि हवाई सेवा सुरू गरेको कम्पनीले आन्तरिकतर्फ भारतका विभिन्न ३१ शहर र अन्तर्राष्ट्रिय तर्फ पाँच वटा गन्तव्यमा सेवा दिइरहेको छ।

दिल्ली–सिंगापुर रुटमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको कम्पनीले अहिले भारतको दिल्ली र मुम्बईबाट सिंगापुर उडान गरिरहेको छ।

अहिले काठमाडौंबाट नयाँ दिल्ली तीन वायुसेवा कम्पनीले उडान गर्दै आएको त्रिभुवन विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीले बताए।

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट भारतका लागि नेपाल वायुसेवा निगमले दैनिक दुई, इन्डियन एयरले दैनिक दुई र भुटानको टुक एयरले सातामा तीन उडान गर्दै आएका छन्।

 

प्रकाशित मिति: १३:०४ बजे, बुधबार, माघ २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्