सुदूरपश्चिममा सत्तारुढ दलले नै बजेटलाई समर्थन गर्ने
सत्तारुढ दलहरु नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संसदीय दलको संयुक्त बैठकले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसक्ने निर्णय गरेको हो।
कैलाली, असार २५ : सुदूरपश्चिम प्रदेशमा सरकारले ल्याएको बजेटलाई सत्तारुढ दलहरुले नै समथृन गर्ने भएका छन्। कांग्रेसका बाहेकका अन्य सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएका छन्।
सत्तारुढ दलहरु नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संसदीय दलको संयुक्त बैठकले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसक्ने निर्णय गरेको हो।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको जानकारी दिए।
बैठकले आफूहरुसँग भएको छलफल र सुझावलाई बेवास्ता गरिएको, प्रदेशसभा सदस्य र जनताको भावना, प्रदेशको आवश्यकता तथा औचित्य विपरीत बजेट आएको निष्कर्ष निकालेको छ।
बैठकले बजेटमा विषयगत सन्तुलन नभएको र राजनीतिक नेतृत्व मुकदर्शक भएको अनुभूति भएको निष्कर्ष निकालेको छ। उनीहरुले समयमै बजेटमा सन्तुलन मिलाउन र जनता र जनप्रतिनिधिको भावना समेटेर समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन संशोधन प्रक्रिया अगाडि बढाउन सरकारलाई पनि गरेका छन्।









-(86)-1764936079.jpg)


-1764760320.jpg)