Kathmandu Press

चीनको पूर्वप्राथमिक विद्यालयमा चक्कु प्रहार, ३ विद्यार्थीसहित ६ जनाको मृत्यु

उनीहरुका अनुसार लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार, पीडितको पहिचानबारे विस्तृत विवरण आइसकेको छैन।
चीनको पूर्वप्राथमिक विद्यालयमा चक्कु प्रहार, ३ विद्यार्थीसहित ६ जनाको मृत्यु

बेइजिङ, असार २५ : दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक विद्यालयमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा भएको छ। सो आक्रमणमा परी ३ जना विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३ जना विद्यार्थीसहित एक शिक्षक, दुई अभिभावक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।

उनीहरुका अनुसार लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार, पीडितको पहिचानबारे विस्तृत विवरण आइसकेको छैन।

Hardik ivf

घटनामा संलग्न रहेको आरोपमा शकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ।’

चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो। अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ।

बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न संघर्ष गरिरहनुपरेको छ।

 

 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्