Kathmandu Press

‘स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपियो’

नेपाल पब्लिक क्याम्पस संघको ३३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताए।
‘स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपियो’

काठमाडौं, असार २५ : अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताएका छन्।

नेपाल पब्लिक क्याम्पस संघको ३३औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताए।

Hardik ivf

स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरूको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफू मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताए। उनले यसअघिका दिनमा सुरु गरिएका आयोजनालाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठूलो चाप देखिएको उल्लेख गरे।

अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी वर्षको बजेटमा देखिएको जिकिर गरे। उनले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताए।

उनले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताए।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्