Kathmandu Press

‘आपसी चासोका विषयमा सोझै संवाद गरौं’

चीनको चारदिने भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचका तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना व्यक्त गर्दै आपसी साझेदरी बढाउने प्रयास गरेकी छन्। 
‘आपसी चासोका विषयमा सोझै संवाद गरौं’

बेइजिङ, असार २३ : अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै संवाद गर्न सुझाएको छ। चीन भ्रमणमा रहेका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा त्यस्तो प्रस्ताव गरेकी हुन्।

'वासिङ्टन र बेइजिङले एकअर्काको विशेष आर्थिक अभ्यासबारे चासो भए सोझै सम्वाद गर्नुपर्छ। हालैको तनावका बाबजुद हामीले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यले पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त स्थान रहेको स्पष्ट हुन्छ,' अमेरिकी अर्थमन्त्रीले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सहकार्यमा जोड दिँदै चिनियाँ उपप्रधानमन्त्रीलाई भनेकी छन्। 

Hardik ivf

चीनको चारदिने भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचका तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना व्यक्त गर्दै आपसी साझेदरी बढाउने प्रयास गरेकी छन्। 

चिनियाँ उपप्रधानमन्त्रीले गत नोभेम्बरमा राष्ट्रपति जो बाइडेन र सी चिनपिङबीच भएको भेटवार्तापछि चीन–अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासलाई वासिङ्टनले बेवास्ता गरेको र दुई राष्ट्रप्रमुखबीच भएको सहमति कार्यान्वयनमा केही समस्या खडा भएकामा खेद प्रकट गरेका थिए।

सामान्य विषयलाई दुई मुलुकबीचको सम्बन्धमा समस्या हुन नहुनेतर्फ चिनियाँ उपप्रधानमन्त्रीले अमेरिकाको ध्यान आकर्षित गरेका थिए। 

प्रकाशित मिति: १८:०० बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्