भायनेटको नवीकरण अफर : वार्षिक सदस्यतामा दुई महिना निःशुल्क
यसअन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्म मात्र उपलब्ध छ।काठमाडौं, असार २२ : नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ।
यसअन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्म मात्र उपलब्ध छ।
नवीकरण अफर भायानेटको ग्राहकको सन्तुष्टि र विद्यामान ग्राहकप्रतिको उत्तरदायित्व निर्वाहका लागि भएको कम्पनीले जनाएको छ। यस अफरमार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा समय थप बचत गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।
भायनेट देशमै पहिलोपटक फाइबर इन्टरनेट घरघरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ वर्षदेखि इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सक्रिय ग्राहक सपोर्टका लागि प्रख्यात छ।
नवीकरण अफर र अन्य सेवा हरुबारे थप जानकारी लिन www.vianet.com.np मा हेर्न सकिने कम्पनीको भनाइ छ।