Kathmandu Press

सहज बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको छ : नवनियुक्त मुख्यमन्त्री थापा

आज (शुक्रबार) पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग उनले अघिल्लो सरकारले थालेको वार्तालाई निरन्तरता दिने बताएका हुन्।
सहज बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको छ : नवनियुक्त मुख्यमन्त्री थापा

विराटनगर, असार २३ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता अघि बढाउने बताएका छन्।

आज (शुक्रबार) पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग उनले अघिल्लो सरकारले थालेको वार्तालाई निरन्तरता दिने बताएका हुन्। पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्न नहुने स्पष्ट पार्दै उनले वार्ता समिति बनाएरै पहिचानको मुद्दालाई सम्बोधनका लागि प्रयास गर्ने बताए।

Hardik ivf

प्रदेशको नाम परिवर्तन भने सहज नभएकाे बताउँदै उनले भने, ‘प्रदेशसभामा दुई तिहाइ पुग्यो भने नाम संशोधन हुन सक्छ।’ २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राखिएकाे थियाे। त्यसकाे विराेधमा पहिचान पक्षधरहरू आन्दोलनमा छन्।

मुख्यमन्त्री थापाले संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने पनि बताए। कांग्रेस काेशी संसदीय दलका नेतासमेत रहेका थापा बिहीबार आफ्नै दल, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँगै सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। थापाले सहज बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको पनि बताए। काेशीमा राप्रपाका ६ जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, असार २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्