बस दुर्घटनामा उनान्तीस जनाले ज्यान गुमाए
दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले टेलिफोनमा बताए।बर्लिन, असार २१ : मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन्।
दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले टेलिफोनमा बताए।
दुर्घटनामा पन्ध्र जना महिला, एउटा बच्चा र १३ जना पुरुषले ज्यान गुमाएका उनले जनाए। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ। सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक अनुसन्धानले यान्त्रिक खराबीका कारण दुर्घटना भएको देखाएको छ।
प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१