सवारी दुर्घटनामा चार जनाको मृत्यु, पाँच घाइते
थानामण्डी क्षेत्रमा भएको निजी कार दुर्घटनामा चार जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ।रजौरी (जम्मुकाश्मिर), असार २० : भारत अधिनस्थ जम्मुकाश्मिरको रजौरीमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन्।
थानामण्डी क्षेत्रमा भएको निजी कार दुर्घटनामा चार जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा अन्य तीन जनाले घटनास्थलमा नै अन्तिम श्वास लिएका थानामण्डी प्रहरी कार्यालयका प्रमुखले बताएका छन्।
घाइतेहरूको रजौरीस्थित सरकारी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको छानबिन भइरहेको छभने विस्तृत विवरण प्राप्त भएको छैन।
प्रकाशित मिति: १४:०१ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१