Kathmandu Press

सरकार र विपक्षीबीच सहमति, लुम्बिनी प्रदेश सभाको गतिरोध अन्त्य

दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक तुलसी चौधरीले बताए।
सरकार र विपक्षीबीच सहमति, लुम्बिनी प्रदेश सभाको गतिरोध अन्त्य

दाङ, असार २० : लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ।

बजेटमा असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश सभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो। बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो।

Hardik ivf

दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक तुलसी चौधरीले बताए।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री  चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन्। वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए।

सहमतिपछि मंगलबार स्थगित प्रदेश सभा आजका लागि बोलाइएको छ। बैठक दिउँसो बजे बस्ने छ।

प्रकाशित मिति: ११:०० बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्