परिसंघको टोलीले भेट्यो श्रम र संघीय मामिलामन्त्री
भेटमा परिसंघका अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्नुपर्ने बताए। उनले कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्धि गर्न आग्रह गरिएको बताए।
काठमाडौं, असार १९ : नेपाल उद्योग परिसंघको टोलीले दुई मन्त्रीसँग भेटवार्ता गरेको छ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेट गरेको हो।
भेटमा मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको परिसंघले जनाएको छ। भेटमा परिसंघका अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्नुपर्ने बताए। उनले कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्धि गर्न आग्रह गरिएको बताए।
मन्त्रीद्वय भण्डारी र मोदीले परिसंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकारको सहयोग रहने बताएका थिए।
प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











